भरतपुर मालपोतका ३  जना अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका तीन अधिकृतविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ।

आयोगले मालपोत कार्यालय भरतपुर चितवनका लेखाका तीन अधिकृतविरुद्ध सात करोड रकम हिनामिना गरेको अभियोगसहित भ्रष्टाचारकाे मुद्दा दायर गरेको हाे ।

आयोगले सोमबार तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी, मनोजकुमार निरौला र बलराम सापकोटाविरुद्ध राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

आयोगले अनुसन्धानको क्रममा तत्कालीन लेखा अधिकृत दर्जीले राजस्वबापत उठेको सात करोड आठ लखा १७ हजार ३७ रुपैयाँ सम्बन्धित बैंकमा डिपोजिट नगरी आफ्नै खातामा राखेको, नक्कली भौचर बनाएको र कार्यालयको छाप दुरुपयोग गरेको पाइएको थियो।

दर्जीले हिनामिना गरेको रकममध्ये दुई करोड ५८ लखा तीन हजार दुई सय ३१ रुपैयाँ लेखा परीक्षणका क्रममा कार्यालयकै खातामा पछि दाखिला गरेको पाइएको छ। आयोगले बाँकी चार करोड ५० लाख १३ हजार ८ सय ६ रुपैयाँ असुल गर्न माग गर्दै अभियोगपत्र विशेष अदालत काठमाडौँमा दायर गरेको हो।

त्यस्तै भरतपुरमै कार्यरत सुब्बा आयोगले अर्का सुब्बा बलराम सापकोटाले बैंक दाखिला गर्नुपर्ने रकम ५८ लाख ४३ हजार आठ सय ६ रुपैयाँ हिनामिना गरेको अभियोग लगाएको छ। अख्तियारले अर्का सुब्बा मनोज कुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये चार लाख ७१ हजार ६ सय १८ रुपैयाँ हिनामिना गरेको आयोगको अभियोग दाबी छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.