संविधानलाई उल्ट्याउने सपना पूरा हुन सक्दैन: गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् ।

प्रेस सङ्गठन चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगेपनि तिनको सपना पूरा नहुने स्पष्ट पारे।

नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, ‘यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।’

अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे।रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.