काेराेना जाेखिम बढेपछि खुलेको ६ दिनमै विद्यालय बन्द

महेन्द्रनगर । कञ्चनपुरका विद्यालय पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएको हाे ।

विद्यार्थी र शिक्षकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएपछि जोखिम हुन सक्ने भन्दै सोमबारदेखि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताए ।

‘विद्यार्थीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएनन,’ उनले भने, ‘विद्यार्थीको चाप पनि बढी छ, त्यही भएर जोखिम निम्तिनुभन्दा विद्यालय नै बन्द गर्‍यौं ।’ महेन्द्रनगर माविमा मांसिर २२ देखि पठन पाठन सुरु भएको थियो ।

उक्त विद्यालयमा १६ सय बढी विद्यार्थी छन् । अब माथिल्लो कक्षाका विद्यार्थीलाई अनलाइनबाट पठनपाठन गरिने उनले बताए । विद्यालयका एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । उनलाई विद्यालय खुल्नुभन्दा अघि नै संक्रमण देखिएको हो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.