राष्ट्र बैंकले ४ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले सोमबार छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो । कूल चार अर्ब रूपैयाँको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै दुई अर्बको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ ।

सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Facebook Comments