नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।

आजको बैठक नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी गरिएको बताइएको छ ।

गत मंसिर २१ गतेबाट सुरु भएको स्थायी कमिटी बैठकको पहिलो दिन ओली अनुपस्थित भएका थिए । आजको बैठकमा भने ओली सहभागी छन् । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ ।

४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा अहिले ४३ सदस्य छन् । सभामुख अग्नी सापकोटा र पूर्वसभामुख कृष्णबहादुर महराको पद रिक्त छ । स्थायी कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ ।

Facebook Comments