३ बालिकाकाे पोखरीमा डुबेर मृत्यु

तेह्रथुम । तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

सुदापमा स्थानीय कृषक समूहले सिँचाइका लागि प्लास्टिकको पोखरी निर्माण गरिएकाे पाेखरीमा पौडी खेल्ने तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका तीन बालिकाकाे डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, तेह्रथुमले जनाएको छ।

प्रहरीका अनुसार पोखरीमा डुबेर सुदापकी कोपिला लिम्बूका छोरीहरू सात वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी छारी आठ वर्षीया सुहानाको मृत्यु भएको हो।

उनीहरु तिनै जना शनिबार दिउँसो घरबाट खेल्न निस्केका थिए। राति अबेर सम्म घर नफर्केपछि खोजी भएको थियो। तीनै जनाको पोखरीमा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.