मणिराम गेलाल सचिवमा बढुवा

काठमाडौं । सरकारले (सहसचिव) सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक मणिराम गेलालाई सचिवमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियरिङ समूहका गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।

वरिष्ठतम सहसचिवमध्ये गेलालको बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए । हाल उनी सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत छन् ।

यस्तै, बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूतमा पठाउने निर्णय गरेको छ। महावाणिज्यदूत सिफारिसका लागि घिमिरेको केही दिनअघि परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो ।

Facebook Comments