भैरहवामा राजतन्त्रको पक्षमा प्रदर्शन

भैरहवा । रूपन्देहीकाे भैरहवामा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन भएको छ ।

सम्पूर्ण देशभक्त नागरिक समाज रुपन्देही तथा राष्ट्रिय नागरिक आन्दोलन २०७७ ले भैरहवामा पृथ्वीनारायण शाहको तस्बिर र राष्ट्रिय झन्डासहित राजतन्त्रका पक्षमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले सनातन हिन्दूराष्ट्रको पुनर्स्थापना गरी धर्मनिरपेक्षता खारेज गर, हिन्दूराष्ट्र कायम गर, गणतन्त्र खारेज गर, संघीयता खारेज गर, हिमाल पहाड तराई कोही छैन पराईलगायतका नारा लगाउँदै भैरहवाको बर्मेलीटोल, नयाँसडक, देवकोटा चोकलगायतका स्थानमा प्रदर्शन गरेपछि लुम्बिनी गेटमा सभा गरेका थिए ।

सभामा राष्ट्रवादी युवा अभियन्ता डा. मनोज झा, डा. सुरेन्द्र भण्डारी, रञ्जन खनाल, भीमराज अधिकारीलगायतले राजतन्त्रका पक्षमा बोल्दै राष्ट्रलाई बचाउनका लागि अब राजासहितको हिन्दूराष्ट्रको विकल्प नभएको बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.