पेस्तोल देखाएर ४ लाख लुटपाट

सिरहा । सिरहामा पेस्तोल देखाएर बुधबार चार लाख रुपैयाँ लुटिएकाे छ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार मास्क लगाएर आएका दुई जनाको समूहले बुधबार दिउँसो लहान नगरपालिका–२३ का ५४ वर्षीय जागेश्वर यादवलाई पेस्तोल देखाई ४ लाख रुपैयाँ लुटपाट गरेको हो ।

घरायसी ऋण तिर्न लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थबाट चार लाख रुपैयाँ झिकेर घर फर्किदै गर्दा यादवलाई पेस्तोल देखाएर लुटपाट गरिएको प्रहरीले जनाएकाे छ ।

लुटपाट गरिसकेपछि मोटरसाइकल चढेर उनीहरु भागेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.