एआईजीकाे दरबन्दी थप्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन

काठमाडौ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) काे दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ।

समितिको बुधबार बसेको बैठकले एआईजीको दरबन्दी थप्ने निर्णय फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयलाई निर्देशन दिएको हो ।

गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई मन्त्रिपरिषद्ले ३ मंसिरमा एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । यसको केही दिनपछि डिआइजी विश्वराज पोखरेललाई आकस्मिक रुपमा एआईजीमा बढुवा गरिएको थियो।

पोखरेललाई एआईजी बनाउनेबित्तिकै उनी निर्विवाद रुपमा आइजी बन्नेछन्। सरकारले पोखरेललाई निर्विवाद आइजी बनाउन दरबन्दी थपेको भन्दै आलोचना भइरहेको छ।

समितिको बैठकमा सभापति शशि श्रेष्ठले सम्बन्धित मन्त्रालयको प्रस्तावबिनै एआइजीको दरबन्दी थप्ने मन्त्रिपरिषद्को निर्णय फिर्ता दिन निर्देशन दिएकी थिइन्। गृहको प्रस्तावबिनै मन्त्रिपरिषद्ले दरबन्दी थपेको हो।

समिति बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे कुनै स्पष्ट प्रतिक्रिया नदिए पनि यसबारे आफूले बुझ्ने जानकारी दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.