बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच बुधबार भेटवार्ता भएको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

बालुवाटार स्रोतले दुई अध्यक्षबीच भेटवार्ता भएकाे पुष्टि गरेपनि कुन-कुन विषयमा छलफल भएकाेबारे सार्वजनिक नगरिएकाे बतायाे ।

पार्टीभित्र दुई अध्यक्षबीच प्रतिवेदन र पत्र जुहारी चलेको र पछिल्लो समय संवाद समेत हुन छाडेको अवस्थामा भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ।

मंसिर २१ गतेबाटख सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्रहरु छलफलका लागि प्रस्तुत गरिएको थियो। स्थायी समिति सदस्यालाई छलफलका लागि भन्दै स्थायी समिति बैठक २८ गते सम्मलाई स्थगित गरिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.