काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच बुधबार भेटवार्ता भएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
बालुवाटार स्रोतले दुई अध्यक्षबीच भेटवार्ता भएकाे पुष्टि गरेपनि कुन-कुन विषयमा छलफल भएकाेबारे सार्वजनिक नगरिएकाे बतायाे ।
पार्टीभित्र दुई अध्यक्षबीच प्रतिवेदन र पत्र जुहारी चलेको र पछिल्लो समय संवाद समेत हुन छाडेको अवस्थामा भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ।
मंसिर २१ गतेबाटख सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्रहरु छलफलका लागि प्रस्तुत गरिएको थियो। स्थायी समिति सदस्यालाई छलफलका लागि भन्दै स्थायी समिति बैठक २८ गते सम्मलाई स्थगित गरिएको छ।
Facebook Comments