नेपाली भूमिमा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीको अवरोध

परासी । पश्चिम नवलपरासीमा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।

पश्चिम नवलपरासीको प्रतापपुर-६ कठहवामा हुलाकी सडक विस्तारको क्रममा दशगजा नजिक निर्माणधिन कल्भर्टमा भारतीय अर्धसैनिक बल एसएसबीले सोमबारबाट अवरोध गरेकाे हाे ।

ठेकेदार कम्पनी कन्टेक प्रालिका प्रतिनिधि दीपक थापाका अनुसार निर्माण गर्न लागिएको कल्भर्ट दशगजा क्षेत्रमा पर्ने भन्दै भारतीय पक्षले अवरोध गरेको हाे ।

तर, यसअघि सडक विस्तारको क्रममा भारतीय पक्षसँग सहकार्य गरेर अगाडी बढाएको भएपनि अहिले आएर अवरोध गरेको थापाले बताए । भारतीय सिमावर्ती कठहवादेखि उत्तरतर्फ १० किलोमिटर सडक निर्माण भइरहेको छ ।

Facebook Comments