भरूवा बन्दुकसहित युवक पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ बडाचौरका २४ वर्षीय शिव पाण्डे रहेका छन् ।

उनलाई साेमबार साँझ बन्दुकसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

घरमा भरुवा बन्दुक राखेको सूचनाको आधारमा प्रहरी चौकी विर्घाबाट खटिएको टोलीले उनलाई प्रहरीले पक्राउ गरेकाे हाे । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Facebook Comments