प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकको औचित्य छैन : धनराज गुरुङ

काठमाडाैं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता गुरुङ आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टी बैठकमा समेत उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका हुन्।

सर्वदलीय बैठक त कांग्रेसको नेतृत्वमा भ्रष्टाचारविरुद्ध मोर्चा कस्नका लागि आवश्यक रहेको उनको भनाइ छ। ‘आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन।

बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचार बिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ’, कांग्रेस सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै गुरुङले ट्विटरमा लेखेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.