काठमाडौं । प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मा बढुवा सिफारिस भएका डिआइजी विश्वराज पोखरेलको पद धरापमा परेको छ । उनकोविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।
गत १५ मंसिरमा उनलाई गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले एआइजीमा बढुवाको विवादास्पद निर्णय गरेको थियो । यो निर्णयमा प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट छ । यस विषयमा पोखरेलका समकक्षी डीआईजीहरुले समेत गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव न्यौपाने र महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग गुनासो राखिसकेका छन् ।
उनीभन्दा सिनियर डिआइजीहरु हुँदाहुँदै उनका आफन्त नाता पार्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले उनलाई एकल बढुवाकै लागि एआइजीको एकल दरबन्दी निर्धारण गरेका थिए । समितिले न्यायसंगत रुपमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालाई निर्देशन दिन सक्ने स्राेत बताउछ ।
प्रतिष्र्धी डिआइजीलाई पन्छाएर एक वर्षअघि नै पोखरेललाई आईजिपी बनाउने नियतसहित गरिएको सिफारिस बदर हुने प्रवल संभावना रहेको राज्य व्यवस्था तथा सुशासन समितिका एक सदस्यले बताए । उनका अनुसार समितिले यो विषयमा छलफल राख्ने तयारी गरेको छ ।
Facebook Comments