सामूहिक बलात्कार घटनामा उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

काठमाडौं । उच्च अदालत पाटनले दरवारमार्गमा भएको सामूहिक बलात्कारको घटनामा जिल्ला अदालत काठमाडाैंको फैसला सदर गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले दुई वर्षअघि राजधानीको दरवारमार्गमा भएको सामूहिक बलात्कारको घटनामा जिल्ला अदालतको फैसला सदर गरेको हो ।

जिल्ला अदालतले मुख्य आरोपित शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय सुनाएको थियो । साथै पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत गरेकाे थियाे ।

दुई आरोपितहरु दिपक श्रेष्ठ र विकास गौतमलाई १४ महिनाका दरले कैद सजाय तोकिएको थियो ।

आरोपित कार्कीले पीडित युवती आफ्नो प्रेमिका भएको बताएका थिए । २०७४ माघ ७ गते युवतीलाई होटलमा बोलाएर कार्कीले आफ्ना साथीहरु पनि बोलाएका थिए । कार्की र उनका साथीहरुबाट युवतीमाथि सामूहिक बलात्कार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ।

Facebook Comments