‘ईयूले नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत दिनु स्वागतयोग्य’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियन(ईयू)ले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले ईयूले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत गर्नु खुसीको कुरा भएको बताए ।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुन:संरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसद्‍मा छलफल भइरहेको छ । संसद्‍बाट ऐन पारित भएपछि ईयूले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे ।

ईयूले सन २०१३ को डिसेम्बर देखि नेपालको हवाई उड्ड्यनलाई कालो सूचीमा राखेको थियो ।

Facebook Comments