राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बाेलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। भाेलीका लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले बतायाे ।

केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतको दाबी छ ।

कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।

पछिल्लाे समय देशका विभिन्न स्थानमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन् ।

Facebook Comments