हाँस्य कलाकार मनोज गजुरेल विवाह गर्दै

काठमाडाैं । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले विवाह गर्ने भएका छन्। छिट्टै विवाह बन्धनमा बाँधिन लागेको उनले बताएका छन् । आफ्नाे विवाहकाे बारेमा समय आएपछि सार्वजनिक गर्ने उनले जानकारी दिए ।

विवाह गर्ने कुरा बताएपनि कोसँग विवाह गर्ने भन्ने कुरा अहिले नै सार्वजनिक नगर्ने उनले बताए । ‘केही व्यवहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक उनकाे भनाइ छ ।

यो गजुरेलको दोश्रो विवाह हो। उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो। प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए । उनीहरूका एक छोरा र एक छोरी छन्।

Facebook Comments