श्रीमती हत्या आरोपमा पक्राउ परेका पुरुषलाई १० वर्ष कैद सजाय फैसला

चितवन । चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ ।

न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई आज १० वर्ष कैद फैसला गरेको हो । फैसलामा रु एक लाख जरिवाना र रु ८०० पीडित राहत कोषमा जम्मा हुने गरी सजायको सुनाएको छ ।

रत्ननगर नगरपालिका–१५, माधवपुरमा गत जेठ ६ गते ५४ वर्षीय श्रीमान् पूर्णप्रसाद ढकालले खुकुरी प्रहार गर्दा ४३ वर्षीया श्रीमती सुशीला ढकाल गम्भीर घाइते भएकी थिइन् ।

सुशीलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा जेठ १५ गते मृत्यु भएको थियो । घरायसी विवादको क्रममा खुकुरी प्रहार हुँदा सुशीला घाइते भएकी थिइन् । रासस

Facebook Comments