मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे छ ।

शुक्रबार बसेको कांग्रेसकाे बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गर्दै तनहुँ घटनाका साथै कोभिड-१९ रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने निर्णय गरेकाे हाे ।

‘प्रतिपक्षी विचारलाई निषेध गर्ने दमनकारी रबैया अपनाइएको छ र सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ,’ बैठकमा सहभागी नेता अर्जुननरसिंस केसीले भने, ‘यसको पछिल्लो कडी तनहुँ घटना हो ।’

कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

Facebook Comments