मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ । बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको स्राेतले बतायाे ।

हरेक हप्ता सोमवार र बिहीवार नियमित रूपमा बस्ने बैठक आज अपरान्ह ४ बजेका लागि डाकिएको थियाे । तर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेपछि बैठक एक घण्टा सारेर पाँच बजेका लागि बोलाइएको थियो ।

सोहि अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकअघि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा भेटघाट भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले नियमित भेटघाट भएको बताएको छ । तर पछिल्लो समय सत्तारूढ नेकपामा विवाद चर्किरहेका बेला भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ।

त्यस्तै आज साँझमा मन्त्रिपरिषद् बैठक बसिरहेकै बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.