ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

रूपन्देही । बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएकाे छ।

मृत्यु हुनेमा बुटवल-८ का स्कुटर चालक ४९ वर्षीय भरत शर्मा रहेका प्रहरीले जनाएकाे छ ।

राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई बुधबार मध्यान्ह १२ बजेतिर ठक्कर दिएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी गेटअगाडि नै दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

पाैडेलका अनुसार स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.