१ घण्टा पर सर्‍यो नेकपा बैठक, ओली पनि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा पछाडि सरेको छ ।

सचिवालय बैठककाे कुनै औचित्य नभएको भन्दै सहभागी नुहने बताएका प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुन भएसँगै उनकै चाहनाअनुसार बैठक बुधबार दिउँसो २ बजेमलाई सारिएको बताइएकाे छ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले औचित्य नभएको बैठकमा सहभागी नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिता बिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली दवावमा परेका थिए ।

यसबारे रणनीति बनाउन बालुवाटारमा भएको ओली पक्षीय छलफलले बैठकमा सहभागी हुनुनै सही हुने निष्कर्ष निकालेपछि उनी बैठकमा सहभागी हुन राजी भएको बताइएको छ । सोहीअनुसार ओलीले आफूले आवश्यक तयारी गर्नुपर्ने बताएपछि बैठक एक घण्टा सारिएको बताइएको छ ।

Facebook Comments