तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य आज पनि बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ ।

मंगलबार सुनको मूल्य ९० हजार ५ सय निर्धारण गरिएकाे थियाे । आज तोलामा ५ सयले बढेको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले नै बढेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८५ रहेको महासंघले जनाएको छ ।

Facebook Comments