सचिवालय बैठक : ओलीको अनुपस्थितिमा कुनै अप्रिय निर्णय भए १५ मिनेटभित्र एकता भङ्गकाे घाेषणा ! 

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दैछ ।

दिउँसाे १ बजेकाे लागि बाेलाईएकाे बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागिता नजनाउने भएका छन् ।

ओलीको अनुपस्थितिमा बस्ने सचिवालय बैठकले ओलीलाई चित्त नबुझ्ने कुनै अप्रीय निर्णय भए त्यसको १५ मिनेटमा ओलीले एकता भङ्गको बक्तब्य जारी गर्न सक्ने नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका नेताहरूले अनुमान गरेका छन् ।

पार्टी एकता भएपछी महाधिवेसन वा अर्को चुनाब नभएको अवस्थामा चुनाब चिन्ह सूर्यसहित साबिक दल नेकपा एमाले कायम गर्न माग राख्दै निर्वाचन आयोगमा निवेदन गर्ने तयारीसमेत ओलीले गरेका स्राेतकाे दावी छ ।

ओलीकै माग अनुसार आयोगले एमाले र सूर्य चिन्ह दिने बिश्वास ओली टीममा छ र एकता भङ्गको रटान लगाईरहेका छन् । यसमा सत्यता कति छ? त्याे भने हेर्न बाँकी नै छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.