‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ ।

गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश सपूत आफ्नै निर्देशन रहेको भिडियोमा नम्रता श्रेष्ठ रानी, प्रकाश सपुत सिपाहको भूमिकामा छन् ।

यस्तै कविता नेपाली र गायिका चलाउने सँगै निरज पन्थी पनि भिडियोमा प्रस्तुत छन् । नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी गम्भिर विष्टको छ ।

प्रकाश सपुतले बदला बरिलै र अनिता चलाउनेले यस्तो बनोस् मेरो तीज पश्चात् फुटेका चुरा ल्याएका हुन् । नम्रता श्रेष्ठले लामो समय पछि म्युजिक भिडियो खेलेकी हुन् ।

Facebook Comments