रामेछाप । रामेछाप संस्कृतिक कलाकार समाजले उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरिय समिति गठन गरेको छ ।
समाजको केन्द्रीय उपाअध्यक्ष सन्ध्या सानु र उमाकुण्ड गाउँपालिका-२ का अध्यक्ष खम्बध्वज बस्तेतको उपस्थितिमा जीवन घतानेको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका स्तरिय समिति गठन गरेको उपाअध्यक्ष सानुले जानकारी दिईन् ।
उनका अनुसार उमाकुण्ड गाउँपालिका-२ बाम्तिभण्डारमा १३ सदस्यीय समिति गठन गरी आगामी दिनमा गाउँपालिकामा सांस्कृतिक परम्परा, लोक संस्कृति जोगाउन काम गर्ने बताइन् ।
पालीका स्तरीय कलाकार समाजको उपा-अध्यक्षमा हिमाल सुनुवार चयन भएका छन् भने सचिवमा दृष्टी खाती चयन भएकी छिन् ।
त्यस्तै मनिष सुनुवार सह-सचिव र कोषाअध्यक्षमा सिमान्तसिंह बराईली साथै सदस्यहरुमा सुमन बराईली, रविन्द्र घताने, बविता कार्की, अरुणा खाती, गिरिराज खड्का, अभिनाश खाती, पुजा कार्की र प्रसिला सुनुवार चयन भएका छन् ।
Facebook Comments