बैंककाे सिस्टम ह्याकिङ गरी लाखाैं रूपैयाँ चाेरी गर्ने थप एकजना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले कृषि विकास बैंककाे रकम अनधिकृत रुपमा चोरी गर्नेमध्येका थप एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धादिङको रुविभ्याल्ली गाउँपालिका–१ का खम्ब घले रहेका छन् । महाशाखाले यसअघि श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा लगायतलाई पक्राउ गरिएकाे जनाएकाे छ।

२०७६ असोज ७ गते कृषि विकासको न्यूरोड शाखाबाट सुनिता श्रेष्ठको खाताबाट ४९ लाख ५० हजारबाट ९ लाख ५० हजार, श्रवण कुमार श्रेष्ठको खाताबाट २० लाख निकाल्नका लागि बैंकमा चेक पेश गरेको भएको भन्दै महाशाखाले आंशका गरेको थियो ।

बैंकको विभिन्न मितिमा आपराधिक समुहले रकमान्तर गरेको पत्ता लागेपछि महाशाखाको टोलीले अनुसन्धान थालेको र एक समूहलाई उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे अपराध महाशाखाले जनाएकाे छ ।

Facebook Comments