आज पनि घट्याे सुनकाे मूल्य

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० कायम भएको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य पनि तोलामा ३० रूपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments