जिप दुर्घटना, एक जनाको मृत्यु ५ घाइते

म्याग्दी । म्याग्दीमा जिप दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ।

म्याग्दीकाे मंगला गाउँपालिका-२ काफलचोकमा आइतबार बिहान जिप सडकबाट खस्दा सोही स्थानकी ११ वर्षीया करिस्मा केसीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएकाे जानकारी अनुसार बिहान ११ बजेतिर भएको दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । चालकबाहेक सबै पाँचै यात्रु एकै परिवारका हुन् ।

सोही वडाको सल्यानतर्फ जाँदै गरेको प्रदेश ०३–००१ च ०२५३ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो । घाइतेहरूलाई थप उपचारका लागि सदरमुकाम बेनी पठाउने तयारी भइरहेकाे छ।

Facebook Comments