काठमाडाैं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको

काठमाडौं । गृह मन्त्रालयले काठमाडाैं उपत्यकाभित्रका ३ जिल्ला मध्ये २ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको छ ।

गृहले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काे सरूवा गरेकाे हाे  ।

गृहले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको प्रमुखको जिम्मेवारी काली पराजुलीलाई दिइएको जनाएको छ भने हालका प्रमुख जनकराज दाहाललाई गृहमा तानेको छ ।

पराजुली दुई महिनाअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालय तानिएका थिए । दाहालले जिम्मेवारी सम्हालेको एक वर्ष नाघेकोले गृह तानिएको हो ।

त्यसैगरी गृहले भक्तपुरमा प्रेम भट्टराई र धनुषामा बधु बास्तोलालाई पठाइएको छ । भट्टराई यसअघि धनुषाको सीडिओ थिए भने बास्तोला हाल गृह मन्त्रालयमा कार्यरत थिए।

Facebook Comments