चिनियाँ रक्षा मन्त्री अर्को साता काठमाडौं आउने

काठमाडाैं । चीनका रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउने भएका छन् । उनी काठमाडौं आइपुग्ने दिनको टुंगो लागिनसकेकाे भएपनि अर्को साता हुने नेपाल भ्रमणको तयारी चलिरहेको उच्च सरकारी स्रोतले जानकारी दियाे ।

नेपालमा रहँदा रक्षा मन्त्री फेङहेले महत्वपूर्ण राजनीतिक भेटघाट गर्नेछन्। उनले अन्य कुन-कुन कार्यक्रममा सहभागीता जनाउने बारे पनि केही टुंगाे लागेकाे छैन ।

नपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे कुनै औपचारिक जानकारी दिएका छैनन् । नेपालको दक्षिण छिमेकी भारतसँग सम्बन्ध चिसिएको बेला फेङहे काठमाडौं उत्रिने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन् ।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेका थिए। त्यसपछि चीनबाट नेपालमा उच्चस्तरको राजनीतिक भ्रमण भएको थिएन।

चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्सका कमाण्डर रहेका फेङहे सन् २०१८ मार्चमा रक्षा मन्त्री नियुक्त भएका थिए। तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेलले गत वर्ष चीनको वुहानमा भएको विश्व सैन्य खेलकुदका क्रममा फेङहेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। त्यतिबेला फेङहेले उपयुक्त समयमा नेपाल आउने बताएका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.