युवतीलाई जबर्जस्ती यौन व्यबसायमा लगाउने ३ जना पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले बिदेश पठाउने भन्दै युवतीलाई जबर्जस्ती यौन व्यबसायमा लगाउने ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा कास्कीकाे मादी गाउपालिका-१ खेलुङका २१ वर्षीय जीवन नेपाली, काभ्रे पाँचखल-४ तामाघाटका २६ वर्षीय आशिष भुजेल र कास्की पोखरा महानगरपालिका-४ बगालेटोलकी ३० वर्षीय अन्जु गुरुङ रहेका प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उनीहरूले २ जना नेपाली महिलाहरुलाई रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले उपलव्ध गराईदिने भनि बिभिन्न प्रलोभनमा पारी पोखरा पुर्याएका थिए ।

तर उनीहरूले जबरजस्ती बेश्याबृतिमा संलग्न गराउने उदेश्यले लेकसाइडकाे एउटा कोठामा राखी बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिएकाे र रकमको मोलमलाई गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

यसबारे थप अनुसन्धान भईरहेको र पिडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments