धादिङ छत्रेदेउराली केन्द्रबिन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प

काठमाडाैं । मंगलबार दिउसो धादिङ केनद्रबिन्दु भएर भूकम्प गएको छ।

धादिङको छत्रेदेउराली केनद्रबिन्दु बनाएर दिउँसाे ४ बजेर २९ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पकाे धक्का राजधानी काठमाडौंलगायत आसपासका क्षेत्रहरूमा महसुस गरिएकाे थियाे । अहिलेसम्म क्षतिकाे कुनै विवरण प्राप्त छैन ।

यसअघि सोमबार पनि ताप्लेजुङ केन्द्र बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

Facebook Comments