हत्या गरी फरार व्यक्ति १६ वर्षपछि भक्तपुरबाट पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखा काठमाडाैंले हत्या गरी फरार भएका व्यक्ति १६ वर्षपछि पक्राउ गरेकाे छ ।

प्रहरीले झापा मेचीनगर नगरपालिका-७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो । उनलाई चाँगुनारायण नगरपालिका-७ बाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले २०६१ साल माघ ११ गते राति ८ बजे सामाखुसीमा जीवन लोहनीको हत्या गरेका थिए।

जीवन लोहनीले गिरीका साथी प्रकाश लामाको कानमा लगाएको मुन्द्रा मागेका थिए। तर मुन्द्रा नदिएपछि जीवन लोहनीले प्रकाश लामामाथि कुटपिट गरेका थिए। त्यही निहुँमा गिरीले लोहनीको हत्या गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

उनलाई जिल्ला अदालत काठमाडौंले २०६४ असार ११ गतेको फैसलाले कैद सजाय तोकेको थियो। तर उनी फरार थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.