बैठक बोलाएर विवाद समाधान गर्न नेकपा अनुशासन आयोगको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे केन्द्रीय अनुशासन आयोगले पार्टीको निर्णय कार्यान्वयन नेतृत्वसँग अनुरोध गरेको छ । साथै आयोगले पार्टी एकताका बाँकी काम तत्काल पूरा गर्न पनि आग्रह गरेकाे छ ।

आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति जारी गर्दै तत्कालै पार्टीको बैठक राखेर आन्तरिक समस्या समाधान गर्न आग्रह समेत गरेका हुन् ।

नेतृत्वबाट दिनहुँजसो गालीगलौज, आरोप प्रत्यारोप तथा पार्टी विभाजन जस्ता अप्रिय कुराहरु सार्वजनिक भइरहेको भन्दै बोहराले यो निकै चिन्ताको विषय रहेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीका निर्णयहरू दराजमा थन्क्याउन नभइ आवश्यकताका आधारमा गरिने भएकोले सबै निर्णयहरु कार्यान्वयन हुनुपर्ने र पार्टी एकताका बाँकी काम पूरा गर्नुपर्नेमा नेतृत्वले त्यसलाई बेवास्ता गरेको भन्दै विज्ञप्तिमा पार्टी नेतृत्वको सोच साँघुरो रहेको बताइएको छ ।

अहिले नेतृत्व आत्मकेन्द्रित हुँदा पार्टी नै समस्यामा परेको भन्दै अध्यक्ष बोहराले उत्तेजना र गालीगलौजले समस्या समाधान नहुने बताएका छन् ।

बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाकाे विषय नबनाउन संयम, धैर्यता र राजनीतिक सुझबुझसहित नागरिक र राष्ट्रका समस्यामा ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन विज्ञप्तिबाट आग्रह गरिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.