फेरी सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।

महाधिवेशनको मिति र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषयमा सहमति जुट्न नसकेपछि कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक पटक-पटक सर्दै आएको छ।

सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक तीन दिन पर सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक २७ गते बिहीबारका लागि बोलाइएको छ। यसअघि कात्तिक १९ गते बोलाइएको बैठक सोमबारका लागि सारिएको थियो। एक महिनाभन्दा बढी समयदेखि कांग्रेस बैठक निरन्तर सर्दै आएको छ।

फागुनमा तोकिएको १४औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन पक्ष र पौडेल पक्षबीच मतभेद हुँदै आएको छ।

संस्थापनले आउँदो भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरे पनि इतर समूहले ढिलो जेठ भन्दा पर जान नसकिने अडान राख्दै आएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.