स्रोत नखुलेको ४० लाख नगदसहित एक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले स्रोत नखुलेको ४० लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा चेक गर्ने क्रममा स्रोत नखुलेको ४० लाख नगदसहित पश्चिम नवलपरासीका ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त विक्रम थापाले बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८६५२ नम्बरको बसमा कम्मरपेटीमा लुकाएर ल्याएको अवस्थामा गुप्तालाई पक्राउ गरिएको जानकारी दिए ।

गुप्ताले एक लाख दरका ४० थान रकम झोला र कम्मरपेटीमा ल्याएको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ व्यक्तिसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments