१२ किलाे अफिमसहित दुई जना पक्राउ

सुर्खेत । १२ किलो लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९, राडी बजारबाट दुईजनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका-८, का ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँका ६० वर्षीय कालीबहादुर सिंह रहेका छन् । उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

उनीहरूलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष प्रहरी टोली, लागुऔषध ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम तथा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान र सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments