पुजारी हत्या आरोपमा २ जना पुर्पक्षको लागि कारागार चलान

रौतहट । जिल्ला अदालत रौतहटले पुजारी हत्या आरोपमा पक्राउ परेका २ जना पुर्पक्षको लागि कारागार चलान गरेकाे छ ।

रौतहटकाे देवाही गोनाही नगरपालिका-१ करुनियाका ३६ बर्षिय नरेश पटेल र जयनारायण राउत पटेललाई अदालतले बुधबार पुर्पक्षका लागि कारागारमा राखेर थप अनुसन्धान गर्न आदेश दिएकाे हाे ।

माधवनारायण नगरपालिकाको वडा नम्बर २ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारीलाई गोली हानेर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

हनुमान मन्दिरका ६५ बर्षिय पुजारी श्रीराम साहलाई गत भदौ ३ गते राति खाना खाइरहेको बेलामा कन्चटमा गोली हानेर हत्या गरेका थिए ।

खेसरहिया चोक स्थित हनुमान मन्दिरमा पुजारीको काम गर्दै आएका साहलाई गोली हानेर फरार भएका मध्ये २ जनालाई प्रहरीले भदौै १७ गते पक्राउ गरी कारवाहीको लागि अदालतमा पेश गरेको थियो ।

Facebook Comments