स्विडेन पुगेर जयशंकर भने– तपाईंको मुखमा घिउ सक्खर

स्वीडेन । भारतका विदेशमन्त्री एस जयशंकरले आइतबार स्वीडेनमा भारतीय समुदायलाई सम्बोधन गर्दै थिए। विदेशमन्त्रीका रूपमा एस जयशंकरको स्वीडेनको यो पहिलो भ्रमण थियो।

भारतीयहरूलाई सम्बोधन गर्दा जयशंकरले लोकप्रिय हिन्दी भनाई प्रयोग गरे। त्यो भनाइ थियो– मुखमा घिउ चिनी । जब जयशंकरले यो वाक्यांश भने, मानिसहरू चर्को स्वरले हाँसे। जयशंकरले भने, ‘मलाई थाहा छैन तपाईंहरूमध्ये कतिजना हिन्दी जान्नुहुन्छ र बुझ्नुहुन्छ। हिन्दीमा एउटा भनाइ छ– मुखमा घिउ र सक्खर । त्यो हो, तपाईंले अपेक्षा गरेको कुरा पूरा होस्।’

जयशंकरले इलेक्ट्रिक एविएशनमा स्वीडेन र भारतबीचको साझेदारी, भारतको संस्कृतिको विस्तार, भू-राजनीतिक अवस्था, विश्वमा भारतको कथित बढ्दो प्रभावलगायतका प्रश्नहरूको जवाफ दिँदै थिए। उनले भने, ‘वास्तवमा हामीले देखिरहेका छौँ कि भारतीय संस्कृतिको विश्वव्यापीकरण भइरहेको छ र यो धेरै कारणले भइरहेको छ। विदेशमा भारतका जनताको फैलावटका कारण पनि यस्तो हुन सक्छ ।’

अन्तर्राष्ट्रिय योग दिवस संस्कृतिको सन्दर्भमा उद्धृत गर्दै उनले भने, ‘इमानदारीपूर्वक भन्न चाहन्छु कि यसको लोकप्रियता यति बढ्छ भन्ने हामीले सोचेका थिएनौँ । अहिले संसारमा कुनै पनि यस्तो देश छैन जहाँ योग मन पराउने मानिस छैनन् । यो त्यहाँ पहिले भएको हुन सक्छ, वा यो सुप्त अवस्थामा भएको हुन सक्छ र हामीले यसलाई उठायौँ।’

एस जयशंकर तीन दिने भ्रमणमा छन् । सन् २०२३ मा भारत र स्वीडेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.