स्रोत नखुलेको ४० लाखसहित एक युवक पक्राउ

काठमाडौं । महोत्तरीको मटिहानी–जनकपुर सडक खण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टि मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए । साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालन गर्दै आएका छन् ।

टीभीएस कम्पनीको अन टेस्ट मोटरसाइकलमा चढेर मटिहानीबाट जनकपुर जाँदै गरेको युवक साहलाई मटिहानी नगरपालिका–९ स्थित विग्ही नदीको पुलमाथि प्रहरी चौकी मटिहानीका प्रमुख प्रहरी नायव निरीक्षक सुमन सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रु ३९ लाख ८० बरामद भएको हो ।

पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.