यौन दुर्व्यवहार आरोपमा अमेरिकाले गर्‍यो नेपाली युवकलाई निष्काशन

काठमाडौं : अमेरिकाले यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपाली युवकलाई निष्काशन (डीपोर्ट) गरेको छ। एक नाबालिगकलाई यौन दुर्व्यवहार गरेको भन्दै अमेरिकाले २२ वर्षीय युवकलाई निष्काशन गरेको हो।

अमेरिकी सुरक्षाकर्मीले ती युवकलाई बिहीबार काठमाडौं ल्याएको छ। ‘क्युआर ६८६’ उडान नम्बरको कतार एयरको जहाजबाट उनलाई बिहीबार अपरान्ह काठमाडौं ल्याइएको हो। अमेरिकी सुरक्षा निकायले कार्की थरका ती व्यक्तिलाई न्युयोर्कबाट कतार हुँदै काठमाडौंसम्म ल्याएका हुन्।

नेपालस्थित अमेरिकी दूतावासले नक्सालस्थित प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी ती नेपाली नागरिकलाई निष्काशन गरिएकोबारे जानकारी गराएको छ। ‘यौन दुर्व्यवहारको आरोपमा एक नेपाली अमेरिकाबाट निष्काशन भएका छन्। यहाँको दूतावासले हामीलाई यसबारे जानकारी गराएको छ,’प्रहरी उच्च स्रोतले भन्यो, ‘ती नेपालीलाई अमेरिकी सुरक्षाकर्मी स्वयंले काठमाडौंसम्म ल्याएका हुन्।’ नेपालस्थित अमेरिकी दूतावासले प्रहरी प्रधानकार्यालयलाई यसबारे लिखित जानकारी गराएको प्रहरी उच्च स्रोतले बतायो।

अमेरिका बस्दै आएका कार्की थरका ती नेपालीले नाबालागिकलाई यौन दुर्व्यवहार गरेपछि त्यहाँका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनलाई नेपाल फर्काइएको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.