सुनको मूल्य उकालो लाग्यो, सोमबार ९२ हजार पुग्यो

काठमाडौं । गत हप्तादेखि निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्यको उकालो यात्रा जारी छ ।

गत शुक्रबार प्रति तोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार थप एक सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा थप सोमबार २०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति तोला २०० रुपैयाँले वृद्धि हुने नेपाली बजारमा सुनको मूल्य अधिकतम ९२ हजार रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा आइतबार र आइतबारको तुलनामा सोमबार अधिकतम १५ रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार गत आइतबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रति तोला १५ रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँ कायम भएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.