सीमावर्ती क्षेत्रमा गोली चल्दा एकजना गम्भीर घाइते

विराटनगर । सुनसरीको सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरा सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन ।

सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका उपरीक्षक कृष्ण ढकालले पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जानकारी दिए।

उनका अनुसार शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा बाँस र ढुंगाले आक्रमण भएको थियो । सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको प्रहरीको भनाइ छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.