सिटिजन्स बैंकमा गोली चल्यो

विराटनगर । मोरङमा गोली चल्दा एक जना घाइते भएका छन् । धनपालथान गाउँपालिकाको कर्सिया बजारमा गोली चलेको हो ।

कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले गोली चल्दा सुरक्षा गार्ड घाइते भएको बताए।

प्रहरीका अनुसार लुटपाटका लागि आएको समूहले गोली चलाएको हुन सक्छ । प्रहरी स्रोतका अनुसार घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.