सामाजिक सञ्जालमा आलोचना भएपछि बाबुरामले दिए यस्ताे प्रष्टीकरण

काठमाडाैँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान सरकारले भारतलाई चिढ्याउने गतिविधि गरिरहेको आरोप लगाएपछि उनकाे समाजिका सञ्जालमा चर्को आलोचना भएको छ । सामाजिक सञ्जालमा आफूले फरक सन्दर्भमा बोलेका कुरालाई फरक आसयकासाथ आलोचना भएपछि उनले आफ्नो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा भएको भन्दै प्रष्टिकरण दिएका छन्।

‘मेरो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा हो । साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रूस, भारतलगायत सबै देशका शासकको सन्दर्भमा हो,’ उनले भने, ‘हरारीले भने झैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने हैन, सबै मानवजाति एक भएर कोरोनाविरूद्ध लड्ने हो ।’

नेपाल-भारत सीमा विवादको सन्दर्भमा उनले थप स्पष्ट पार्दै भनेका छन्, ‘जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यवद्धता जनाइसकेका छौं । अब हामीले सार्वजनिक दन्तबझान गर्नु भन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ ।’

‘त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मञ्च र अदालतमा जाने तयारी गर्नुपर्छ ! यस्ता संवेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना र आर्थिक संकटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको षड्यन्त्र र जालमा कोही पनि पर्नुहुन्नु,’ भट्टराईले भनेका छन् ।

नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको सेमिनारमा राखेको विचारलाई लिएर उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.