सशस्त्र प्रहरीले आज र भोलि निःशुल्क बस सेवा सञ्चालन गर्ने, कुन-कुन रुटमा चल्दैछन् ?

काठमाडौं । दशैँको अवसरमा सशस्त्र प्रहरी बलले आज र भोलि दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

महानवमी र विजयादशमीको दिन एपिएफले काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।

एपिएफका अनुसार यो सेवा आज बिहान १० बजेदेखि भोली साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। बस दुइटा रूटमा सञ्चालन भई चक्रपथ परिक्रमा गर्नेछ।

पहिलो रूटमा एपिएफको प्रधान कार्यालय हलचोकदेखि वनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलंकी हुँदै हलचोक फर्किनेछ।

दोस्रो रूटमा हलचोकबाट स्वयम्भू चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली हुँदै हलचोकसम्म बस गुड्ने एपिएफले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.