श्रीमतीकाे हत्या गर्ने भण्डारी पक्राउ

झापा । श्रीमती हत्या आरोपमा झापाको गौरादह नगरपालिका-१ भीमबहादुर भण्डारी पक्राउ परेका छन् ।

६५ वर्षीया मनमाया भण्डारीको हत्या गरेको अभियोगमा उनका पति भीमबहादुरलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो।

गत असोज १२ गते करिब साँढे ४ बजेको समयमा मनमायाको शव हात बाँधेको अवस्थामा उनी सुत्ने गरेको खाटमुनी फेला परेको थियो। प्रहरीलाई सूचना पाएपछि तालिमप्राप्त कुकुरको सहायताद्वारा प्रहरीले हत्याराको खोजी गरेको थियो।

मृतकको पोस्टमार्टमको रिपोर्ट तथा घटनाको प्रारम्भिक अनुसन्धान, घरपरिवार तथा स्थानीयबासीबाट बुझ्दा हत्या भएको बेला भण्डारी पत्नीसँगै रहेकाले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

पक्राउ परेका भण्डारीलाई शुक्रबार जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान जारी राखिएको उनले बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.